काठमाडौं, ३० चैत्र । आफ्ना मागलाई सम्बोधन गर्न सकारले ल्याएको संविधान संशोधनको नयाँ प्रस्तावबारे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बुधबार (आज) आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।
सरकारले मंगलबार दर्ता गराएको संविधान संशोधन नयाँ प्रस्तावमा आधिकारिक धारणा बनाउन मोर्चाले बुधबार बिहान बैठक बोलाएको छ ।
सो बैठकले प्रस्तुत संशोधन प्रस्तावलाई अध्ययन गरेर आधिकारिक धारणा सार्वजनिक गर्ने सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले बताए ।