अब विश्वज्योती मलमा पनि मोबाइल मार्ट, मोबाइल खरिदमा ४० प्रतिशतसम्म छुट

0
314

चैत्र ३० काठमाडौ ।
नयाँ वर्षको अवसर पारेर राजधानीको मुटु जमलमा रहेको विश्वज्योती मलमा मोबाइल मार्ट सञ्चालनमा आएको छ । पछिल्लो समय मोबाइल प्रयोगकर्ताको संख्या बढ्दै गर्दा एकै छाना मुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्री बितरण गर्ने लक्ष्यका साथ विश्वज्योती मोबाइल मार्ट सञ्चालनमा आएको हो । मार्ट सञ्चालनको असर पारेर मार्टले १० दिने मोबाइल महोत्सव पनि सुरु गरेको छ ।
बुधबार एक कार्यक्रमका बिच मोबाइल मार्ट तथा महोत्सवको सुरुवात गरिएको हो । मार्ट स्थापना तथा नयाँ वर्षको अवसरमा सुरु गरिएको मोबाइल महोत्सवमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पाइने छ । साथै महोत्सव अवधिभर निशु्ल्क मोबाइल सर्भिसिंग गर्ने व्यवस्था मिलाएको मार्टले नयाँ मोबाइलको खरिदमा सात देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।
मोबाइल मार्टका अध्यक्ष प्रकाश महर्जनले एउटै छानाबाट धेरै ब्राण्डका मोबाइल बिक्री बितरण गर्दै ती ब्राण्डका मोबाइलको सर्भिसिंग पनि सोही स्थानबाट दिन लागिएको बताए । ‘मोबाइल खरिद गर्न चाहनेलाई धेरै भन्दा धेरै विकल्प एकै साथनमा दिने हाम्रो लक्ष्य हो । महोत्सव अवधिमा हामीले पुरानो मोबाइल साट्ने, निशुल्क मोबाइल मर्मतको अफरका साथै भारी छुटको व्यवस्था गरेका छौं ।’,
महोत्सव अवधिमा १० हजार रुपैंया भन्दा बढीको सामान गरिद गर्ने उपभोक्तालाई हात खाली नजाने उपहारको पनि व्यवस्था गरिएको छ । साथै एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई महोत्सव अवधिभर मोबाइल खरिदमा विशेष छुटका साथै अफरको पनि व्यवस्था मोबाइल मार्टले गरेको छ । बुधबारदेखि सुरु भएको मोबाइल महोत्सव १० दिनसम्म चल्नेछ ।
बुधबारदेखि सञ्चालनमा आएको मार्टमा जेडटीई, लाभा, जियोनी, लेनोभो, इन फोकस, ओप्पो, साओमी, कुल प्याड, सामसुंग, ओभिआई लगायत एक दर्जन बढी ब्राण्डका आधिकारिक बिक्री केन्द्रहरु रहेका छन् ।