सवारी दुर्घटनामा २ को मृत्यु

0
405

सप्तरी, ३१ चैत्र । सप्तरीको कन्चनपुरस्थित भित्री सडकखण्डमा ट्रिप्परको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।  को १ ख ५६४८ नम्बरको ट्रिपरले ना ४५ प ५७२६ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । दुर्घटनामा परी उदयपुर बेल्टार बसाहा नगरपालिका ६ का २० वर्षिय गुणराज तामाङ्गको तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका तामाङ्गको उपचारको क्रममा सगरमाथा अञ्चल अस्पताल राजविराजमा मृत्यु भएको हो ।

सोही दुर्घटनामा घाइते भएका बसाहा ७ का पर्वत राईको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ । ट्रिपरसहित चालकलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ ।

यता, गुल्मीको मदाने गाँउपालिका १ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । लु ९ प ८४७२ नम्बरको मोटरसाइकल गएराती १२ बजे अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाइकलमा सवार स्थानीय ४५ बर्षिय ईन्द्र बहादुर सेनको घटनास्थलमै मृत्यु भएको हो । यो दुर्घटनामा घाइते मोटरसाइकल चालकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।