बालकृष्ण ढुंगेललाई तत्काल पक्राउ गर्ने सरकारलाई सर्वाेच्चको पत्र

0
313

कामठाडौं, ३१ चैत । सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतले उनलाई पक्राउ गर्न सरकारलाई पत्र पठाएको छ । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको भन्दै सर्वोच्चले ढुंगेललाई जन्मकैद सुनाएको थियो ।

सोही विषयलाई लिएर ढुंगेलले न्यायाधीशलाई नै भौतिक आक्रमण गर्ने धम्की दिँदै भाषण गर्दै हिँडिरहेका बेला उनलाई पक्राउ गर्न पत्राचार गरिएको हो ।

गृहमन्त्रालय, नेपाल प्रहरी लगायतलाई पत्राचार गर्दा पनि ढुंगेल पक्राउ नपरेपछि बिहीबार सर्वोच्च अदालतका रजिष्ट्रार नृपध्वज निरौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सम्बोधन गरेर चार पेज लामो चिठी लेखेका हुन् । प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष पनि हुन् ।