काठमाडौं, २ बैशाख । अन्डर ३० एसिया’ (३० वर्षमुनिका एसियाका ३० प्रभावशाली युवा) को सूचीमा पाँच नेपाली युवा समावेश भएका छन्। विश्वमा शक्तिशाली, प्रभावशाली तथा धनाढ्यहरुको सूची प्रकाशित गर्ने अमेरिकी पत्रिका फोर्ब्सले जारी गरेको सो सूचीमा पाँच नेपाली युवा समावेश भएका हुन् । यसरी तयार गरिएको सूचीमा नेपालका तर्फबाट एक्सप्लोर ग्याजेटका प्रभात यादव, कोड फर नेपालका संस्थापक रविकुमार नेपाल, दियालो फाउन्डेसनका संस्थापक सूर्य कार्की तथा ह्वाइट स्पेसका संस्थापकद्वय आशिष आचार्य र सविन भन्डारी परेका छन् ।
यसरी तयार पारिएको सूचीमा ’ मिडिया, मार्के्टिङ एन्ड एडभरटाइजिङ’ विधामा प्रभात यादव हटाएका छन्। फोर्ब्सले उनलाई सिल्भर प्ले बटन अवार्ड पाएका नेपालका एकमात्र युटुबरको रुपमा चर्चा गरेको छ । विज्ञान प्रविधिसम्बन्धी लोकप्रिय युट्युब च्यानल एक्सप्लोर ग्याजेटका संस्थापक यादवले यसअघि १ लाख सब्सक्रा्इबर र्पुयाएवापत युट्युबबाट सिल्भर प्ले बटन अवार्ड पाएका थिए । सन् २०१२ देखि उनले युट्युब च्यानल सुरु गरेका थिए ।
फोर्ब्सले उनीबारे लेखेको छ ’उनले आफ्नो विद्यालय शिक्षा सकिनासाथ युट्युब च्यानल सुरु गरेका थिए, च्यानलले नेपाली दर्शकमाझ प्रविधिसम्बन्धी ताजा ग्याजेटहरुबारे जानकारी दिएको छ।’ उनको च्यानलमा अहिले ३३ लाख ६० हजार सब्सक्राइबर छन्। फोर्ब्सले सार्वजनिक गरेको सूचीमा रविकुमार नेपाललाई नेपालमा शिक्षालाई प्रविधिसँग जोडेको भन्दै राखिएको छ।