२०८२ बैशाख ६ गते शनिबार
२०८२ बैशाख ६ गते शनिबार

शिक्षकको आन्दोलनले एसईई नतिजामा ढिलाइ हुने

आन्दोलनमा रहेका शिक्षकहरुले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेसँगै माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा (रिजल्ट) प्रकाशनमा ढिलाइ हुने भएको छ । शिक्षकहरुले नतिजा प्रकाशन लगायतका सबै काम ठप्प पारेर आन्दोलनमा होमिएपछि एसईईको रिजल्ट अनिश्चित भएको हो ।

यो साताबाट उत्तरपुस्तिका परीक्षण सुरु हुनुपर्ने हो । तर, शिक्षकहरुले माग पुरा नभएसम्म एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेका छन् । ‘उत्तरपुस्तिका जिल्लाबाट परीक्षण केन्द्रमा पठाउने काम भइ रहेको छ । शिक्षकले परीक्षण नगर्ने भन्नुभएको छ । यो साताबाट परीक्षण हुनुपर्ने हो । परीक्षण प्रभावित हुँदा असार ७ मा निकाल्ने भनेको नतिजा प्रभावित हुन्छ जस्तो छ’, निमित्त प्ररीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले भने ।

विगत पाँच दिनदेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेको शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भन्दै उत्तरपुस्तिका परीक्षण नगर्न, गोष्ठी तथा तालिममा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन भएको महासंघले जनाएको छ । यो आन्दोलनलाइ थप सशक्त बनाउन २०८१ चैत्र २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरिएको छ । आन्दोलनका कारण भर्ना अभियान समेत प्रभावित भएको छ । कतिपय विद्यालयको वार्षिक परीक्षाको नतिजा समेत प्रभावित भएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।