काठमाडौं, २ बैशाख । नयाँ बर्षको अवसर पारेर फिल्म ‘सायद २’को ट्रेलर सार्वजनिक गरिएको छ । सुशील श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनिल रावलले समेत अभिनय गरेको फिल्मको ट्रेलर राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो ।
दुर्गिश फिल्मस्को ब्यानरमा निर्माण भएको ‘सायद २’लाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । ईश्वर श्रेष्ठ र सुवास लामिछानेले सयुक्त रुपमा निर्माण गरेको यो फिल्म आउँदो असार ३० बाट प्रदशैनमा आउने निर्माण पक्षले जनाएको छ ।