चट्याङ लागेर धनकुटामा र इलाममा ३ को मृत्यु

0
426

धनकुटा, ३ बैशाख । चट्याङ लागेर धनकुटामा दुई महिलाको मृत्यु भएको छ। भूमि छिन्ताङ गाउँपालिका–१ सफाइधापका ३५ वर्षीया छत्रकुमारी राई र साँगुरी गढी गाउँपालिका आहालेका २४ वर्षीया कृष्णा राईको मृत्यु भएको प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिएका छन् ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैरी इलामको देउमाई नगरपालिका–२ मा एक युवकको ज्यान गएको छ । घरको बार्दलीमा बसिरहेको समयमा चट्याङ लागेर स्थानीय २३ वर्षीय सञ्जीव राईको ज्यान गएको हो ।

चट्याङ लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि इलाम अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए ।