चुनाव विथोल्ने गरी आन्दोलन गर्ने मोर्चाको तयारी

0
452

काठमाडौं, ३ बैशाख । नयाँ संविधान संशोधन विधेयकको स्वामित्व लिइरहेको मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय चुनावका कार्यक्रम प्रभावित पार्ने गरी आन्दोलनमा जाने तयारी गरेको छ। वैशाख ५ देखि ३१ सम्मका लागि प्रदर्शन, घेराउ र हडताल जस्ता कार्यक्रम गर्ने निर्णय शनिबार तीनकुनेमा बसेको गठबन्धन बैठकले गरेको हो ।

उनीहरुले आन्दोलनका कार्यक्रम आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारुी गरेका छन् । त्यसअघि गठबन्धन भित्रका केही शीर्ष नेता बसेर आन्दोलन तालिकालाई अन्तिम रुप दिने रामसपा महासचिव केशव झाले दिए । बैठकमा संघीय समाजवादी फोरम उपेन्द्र यादवससहित मधेसी मोर्चा र गठबन्धनका नेताहरु सहभागी थिए ।

तमलोपा उपाध्क्षय वृशेचन्द्र लालले मोर्चा र गठबन्धन दुवैको एउटै कार्यक्रम हुने गरी आन्दोलन घोषणा गरिने बताए। ‘स्थानीय तहलगायत कुनै पनि चुनावको हामी विरोधी होइनौं, तर यो चुनाव मधेसीमाथि प्रहार गर्ने गरी घोषणा भएकाले संविधान संशोधन झन् टाढा गएको छ’ उनले भने। बैठकले संविधान संशोधनको नयाँ विधेयकका नाममा सरकारबाट धोका भएको निष्कर्षसमेत निकालेको छ ।