काठमाडौं, ४ बैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराती भएको खेलमा राइजिङ पुने सुपरजाइन्ट २७ रनले विजयी भएको छ । १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको रोयल च्यालेन्जर्स ब्याङलोर निर्धारित २० ओभरमा मात्र १ सय ३२ रनमा समेटियो ।
हिजो नै भएको अर्को खेलमा मुम्बई इन्डियन्सले गुजरात लायन्सलाई ६ विकेटले पराजित गरेको छ । अघिल्लो ४ खेलमा कमजोर देखिनु भएका कप्तान रोहित शर्माको बिस्फोटक ब्याटिङका कारण मुम्बई इन्डियन्सले गुजरातलाई ६ विकेटले पराजित गरेको हो । गुजरातको ४ खेलमा तेस्रो जित हात पारेको हो ।
लिग अन्तर्गत आज दिल्ली डेयर डेभियल्स र कोलकाता नाइट राइडर्स तथा सनराइजर्स हैदरावाद र किंग्स इलाभेन पञ्जावबीच खेल हुनेछ ।