काठमाडौं, ४ बैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आगामी वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तह निर्वाचनप्रति शंका ब्यक्त गर्नु भएको छ । उहाँले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरी निर्वाचनप्रति शंका ब्यक्त गर्नु भएको हो । उहाँले निर्वाचन आयोगको तयारी र सुरक्षा पर्याप्त नभएकोसमेत उल्लेख गर्नु भएको छ ।
चुनाव सफल बनाउन सबै राजनीतिक दलबीच संवाद गरेर सहमति जुटाउन आवश्यक रहेको पनि निधिले स्पष्ट गर्नु भएको छ ।
उपप्रधान तथा गृहमन्त्री निधिको ट्वीट गरेपछि उहाँको सामाजिक सञ्जालहरुमा निकै आलोचना भएको छ । गृहमन्त्रीले नै सामाजिक सञ्जालमा निर्वाचनप्रति शंका ब्यक्त गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आलोचना गरेका हुन् ।
एमाले सचिव योगेश भट्टराईले ट्वीट गरेका छन्( निधीजी नेकाबाट मोर्चा्तिर काजमा जानुभन्दा स्थायी सरुवा हुनुनै राम्रो होइन र ? कथनी र करनी छुट्याउन दर्शकलाई सकस त हुने थिएन नि !