६० दिनमा सकियो आना र आशिरमानको ‘ग्याङस्टार ब्लूज’

0
445

काठमाडौं, ४ बैशाख । लगातार ६० दिनको छायाँकनपछि फिल्म ‘ग्याङस्टार ब्लूज’को छायाँकनको काम सकिएको छ । नेपालगञ्जका बिभिन्न स्थानमा खिचिएको यो फिल्ममा नायिका आना शर्मा र नव–नायक आशिरमान देसारजले मूख्य भूमिकामा रहेर अभिनय गरेका छन् ।

हेमराज बीसीले निर्देशन गरेको फिल्ममा सरोज न्यौपानेले लगानी गरेका छन् । फिल्मको सम्पूर्ण छायाँकनको काम सकेर फिल्म यूनिट काठमाडौं फर्किएको छ ।

भदौ २ गतेका लागि रिलिज डेट तोकिएको फिल्मको पोष्ट प्रोडक्शनको काम केहि दिनमै सुरु हुने निर्माता न्यौपानेको भनाई छ । फिल्मले युवापुस्ताको कथा भन्ने छ । आना र नव–नायक आशिरमानका साथमा फिल्ममा संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरी लगायतका कलाकारको पनि अभिनय छ । निर्माता न्यौपानेले दर्शकले खोजे जस्तो फिल्म बनाउन कुनै पनि कन्जुस्याँइ नगरिएको बताए ।