२०८२ बैशाख ७ गते आईतवार
२०८२ बैशाख ७ गते आईतवार

राप्रपालाई धन्यवाद दिदै बालेनले भने- कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर बस्दैनौं

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कसैले फोहोर गर्छ र जरिवाना तिराउँछु भनेर नबसेको बताएका छन्।

बल्खुमा राप्रपा कार्यकर्ताले विरोध सभापछि फोहोर टिपिरहेको फोटो सेयर गर्दै सामाजिक संजालबाट बालेनले यस्तो प्रतिक्रिया दिएका हुन्। विरोध सभाका क्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले फोहोर आफैं टिप्ने भन्दै हिरो भएर पत्र नकाट्न बालेनलाई आग्रह गरेका थिए।

त्यसको जवाफमा लिङ्देनको नाम उल्लेख नगरी बालेनले भनेका छन्, ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन। सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ।’
 
आजको कार्यक्रममा राप्रपाले आफैँ सरसफाइ गरेको भन्दै मेयर शाहले धन्यवाद दिएका छन्।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।