डिपीएल क्रिकेट : पारस खड्काको धनगढी दोस्रो चरणमा प्रवेश

0
478

धनगढी, ४ बैशाख । धनगढीमा भइरहेको धनगढी प्रिमियर लिग डिपीएल टी–२० क्रिकेटको लिग चरणको अन्तिम खेलमा पारस खड्काको बिष्फोटक ब्याटीङले धनगढी चौराहा क्वालिफायर्समा प्रवेश गरेको छ। पारसले २१ बलमा २ छक्का र ७ चौकाको मदतले ४२ रन बनाएका थिए ।

रुपन्देही च्यालेन्जर्सले दिएको ९२ रनको लक्ष्य धनगढीले ११ ओभरमा पुरा गर्दै क्वालिफायर्सको यात्रा तय गरेको हो । धनगढीले क्वालिफायर्समा काठमाडौं गोलडेन्ससँग खेल्ने छ ।  तीन टोलीको चार अंक भएपनि नेट रनरेटको आधारमा धनगढी क्वालिफायर्समा पुगेको हो। कन्चनपुर र अत्तरियाको पनि ४ अंक रहेको थियो ।

धनगढीकालागि राजु रिजाल र अमर राउटेलाले १३/१३ रन बनाएका थिए । रुपन्देहीका शहाब आलमले २ विकेट लिएका थिए । यसअघि टस जितेर रुपन्देहीले २० ओभरमा ६ विकेटको नोक्सानीमा ९१ रन बनाएको थियो । रुपन्देहीका प्रकाश केसीले ४९ रन बनाएका छन् । उनले आरिफ शेखको अन्तिम ओभरमा २५ रन बनाएका थिए ।

धनगढीका ललित राजबंशीले ४ विेकट लिएका थिए। कसिलो बलिङ गरेको धनगढीकालागि आरिफ शेखको अन्तिम ओभर महंगो भएको थियो ।

खेलका प्लेयर अफ दि म्याच ललित राजवंशी घोषित भएका थिए ।