निर्वाचन आयोगद्वारा नयाँ मतदाता नामावली सार्वजनिक

0
522

काठमाडौं, ४ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको लागि मतदाताको फोटो सहितको अन्तिम नामावली सार्वजनिक गरेको छ । गत फागुन ९ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई समावेश गर्दै आयोगले कुल १ करोड ५४ लाख ४ सय ८२ मतदाताको अन्तिम नामावली आज सार्वजनिक गरेको हो ।

स्थानीय तहको निर्वाचनमा पछिल्लो संविधानसभा निर्वाचनमा भन्दा झण्डै १९ लाख मतदाता थपिएका छन् । आयोगले आफ्नो वेभसाईट मार्फत् सार्वजनिक गरेको नामावली अनुसार कुल मतदातामध्ये ७० लाख ६९ हजार ७ सय १४ पुरुष, ६९ लाख ८४ हजार ६ सय २५ महिला र १ सय ४३ तेस्रो लिङगी छन् ।