छुट्टाछुट्टै सवारी दुर्घटनामा २ को मृत्यु, २८घाइते

0
374

काठमाडौं, ५ बैशाख । जिल्लामा मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोरमारा र अरुणखोलाको बीच जङ्गलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ८४ ३२ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार बाँके जिल्ला बैदापुर ४ बस्ने ४५ वर्षका डिल्लीराम डाँगीको मृत्यु भएको छ । उनको उपचारको क्रममा भरपुरमा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य २० जना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको छ ।

यस्तै, नवलपरासीको बर्दघाटमा मंगलबार बिहान साढे ६ बजेको समयमा ट्याक्टर अनियन्त्रत भई पल्टिँदा एक जनाको मृत्यु भएको छ, ८ जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार बर्दघाट ११ भित्री सडक खण्डमा गैडहवाबाट बर्दघाटतर्फ आउँदै गरेको लु ३ प १०३९ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई पल्टँदा भारत बिहार बहुअरवा बस्ने अन्दाजी वर्ष ६० का मदन महतोको मृत्यु भएको हो । दुर्घटनामा घाइते महतोको उपचारको क्रममा परासी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।