धनगढी, ६ बैशाख । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत आजदेखि क्वालिफायर खेल शुरु हुने भएको छ । पहिलो क्वालिफायरमा रुपन्देही च्यालेन्जर्स र विराटनगर किंग्स भिड्दैछन् । खेल अहिले ९ बजेदेखि शुरु हुनेछ ।
रुपन्देही च्यालेन्जर्स लिगको शीर्ष स्थानमा रहेको छ । ५ खेल खेलको रुपन्देहीको ८ अंक रहेको छ । रुपन्देहीले ४ खेलमा जित हात पारेको छ भने एक खेलमा पराजय ब्यहोरेको थियो ।
समान खेलमा विराटनगर किंग्स ६ अंकका साथ दोस्रो स्थानमा छ । विराटनगरले ३ खेलमा जीत तथा २ खेलमा पराजय ब्यहोरेको थियो ।
यस्तै, आजै हुने दोस्रो खेलमा काठमाडौं गोल्डेन्स् र धनगढी टिम चौराहा भिड्नेछन् । काठमाडौं र धनगढीको खेल दिउँसो १ बजेदेखि शुरु हुनेछ ।