जनकपुर र इलाममा मसाल जुलुस : चुनाव रोक्नु पर्ने माग

0
596

काठमाडौं, ६ बैशाख । स्थानीय निर्वाचनको विरोधमा संघीय गठबन्धनले इलाममा मसाल जुलुस निकालेको छ। मधेसी मोर्चा र संघीय गठबन्धनले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार इलाममा संघीय समाजवादी फोरम र संघीय लिम्बुवान राष्ट्रिय मञ्चले मसाल जुलुस निकालेका हुन् । आफ्ना मागलाई वेवास्ता गर्दै एक पक्षिय रुपमा सरकारले निर्वाचनको तयारी गरेकाले जस्तो सुकै परिस्थिती आएपनि निर्वाचन रोक्ने भन्दै बिरोधमा मसाल जुलुस निकालेका नेताहरुले बताएका छन् । मसाल जुलुसमा संघिय लिम्बुवान मञ्च र समाजवादी फोरमका जिल्ला स्तरका नेता, कार्यकता, विद्यार्थी लगायतको सहभागिता थियो ।

यता, स्थानीय निर्वाचनको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जनकपुरमा मशाल जुलुस निकालेको छ । पूर्व निर्धा्रित विरोधका कार्यक्रम अनुरुप मोर्चाले हिजो साँझ निकालेको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेपछि केहीबेर तनाव उत्पन्न भएको थियो । मोर्चाले जनकपुरको मुरली चोकबाट निकालेको मशाल जुलुस तीरहूतीगा गाछी हुँदै रामचोक भएर जनकचोक जाने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा प्रहरीले मोर्चा कार्यकर्ताको हातबाट मसाल खोसेको थियो। केहीबेरको घम्सा–घम्सीपछि प्रहरीले आन्दोलनकारीलाई मसाल फिर्ता गर्यो । त्यसपछि आन्दोलनकारीहरु जनकचोकतर्फ लागेका थिए ।