प्रमुख पाँच दल छलफलमा

0
377

काठमाडौं, ६ बैशाख ।  स्थानीय तहको आसन्न निर्वाचनबारे छलफल गर्न प्रमुख ५ दलको बैठक बालुवाटारमा बसिरहेको छ। मधेसी मोर्चाले निर्वाचन बहिष्कार गर्दै आन्दोलन गर्ने घोषणा गरिसकेको अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्रीले ५ दलको बैठक बोलाएको उनको सचिवालयले जानकारी दियो। बैठकमा प्रमुख सत्तारुढ दल माओवादी केन्द्रसहित नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक फोरमका शीर्ष नेता सहभागी छन्।