मध्यरातमा गरेको विवादित ट्वीटबारे निधिको जवाफ : ‘गृहमन्त्रालय राति पनि सुत्दैन’

0
285

काठमाडौं, ६ बैशाख । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले तोकिएकै मितिमा चुनाव गर्न प्रमुख ५ दल गम्भीर रहेको बताएका छन् । बालुवाटारमा बुधबार बिहान बसेको ५ दलको बैठकबाट बाहिरिने क्रममा गृहमन्त्री निधिले मधेसी मोर्चालाई पनि कसरी चुनावमा सहभागी गराउने भन्ने विषयमा गम्भीर छलफल चलिरहेको जानकारी दिए। बैठक जारी नै रहँदा गृहमन्त्री निधि बाहिरिएका हुन्। उनले मधेसी मोर्चा सहभागी भए दुई चरणमा चुनाव गर्न सकिने बताए।

यद्यपी दुई चरणमा चुनाव गर्ने कुरा प्रस्ताव नभएर तर्कमात्र भएको उनको जिकिर छ। गृहमन्त्रालय राति पनि सुत्दैन गृहमन्त्री निधिले मध्यरातमा आफूले गरेको विवादित ट्वीटलाई आफू चौबिसै घण्टा सक्रिय छु भन्ने कुराको प्रमाणको रुपमा व्याख्या गरे। सो ट्वीटबारे सञ्चारकर्मीको जिज्ञासामा निधिले भने, ’गृहमन्त्रालय राति पनि सुत्दैन। म जतिबेला पनि सक्रिय छु भन्ने कुराको प्रमाण हो यो।’ यस्तो थियो निधिको ट्वीटस् गृहमन्त्री निधिले चुनावी सुरक्षाका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको जानकारी दिए।