भेनेजुएलामा विपक्षीको आन्दोलन उग्र बन्दै, दुई प्रदर्शनकारी मारिए

0
371

एजेन्सी, ७ बैशाख । भेनेजुएलामा विपक्षी दलले शुरु गरेको आन्दोलन उग्र बन्दै गएको छ । राष्ट्रपति निकोलस मादुरोको सरकारविरुद्ध विपक्षीले आन्दोलन चर्काएका हुन् ।

आन्दोलनका क्रममा दुई प्रदर्शनकारी मारिएका छन् । भेनेजुएलामा भएको प्रदर्शनका क्रममा राजधानी काराकासमा एक युवकको मृत्यु भएको छ भने कोलम्बियाको सीमा नजिकको सान क्रिस्टोबलमा एक महिलाको मृत्यु भएको छ ।

आन्दोलनका क्रममा दर्जनौं प्रदर्शनकारी पक्राउ परेका छन् । दशौं हजारको संख्यामा सडकमा उत्रिएका प्रदर्शनकारीले पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहा गर्नुपर्ने माग गरेका छन् ।

काराकासमा सरकारविरुद्ध आन्दोलन चर्काएका विपक्षी दलका ३० भन्दा बढी कार्यकर्ता पक्राउ परेको बीबीसीले जनाएको छ ।