डीपीएल क्रिकेट : धनगढी चौराहा र रुपन्देही च्यालेन्जर्स भिड्दै

0
311

धनगढी, ७ बैशाख । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको दोस्रो क्वालिफायर खेलमा आज धनगढी टिम चौराहा र रुपन्देही च्यालेन्जर्स भिड्ने भएका छन् । लिगको शीर्ष स्थानमा रहेको रुपन्देही च्यालेन्जर्सको ५ खेलमा ८ अंक रहेको छ भने धनगढी टिम चौराहाको ४ अंक रहेको छ ।

पाँच खेलमा रुपन्देहीले ४ खेलमा जित तथा १ खेलमा पराजय ब्यहोरेको थियो भने धनगढी टिमले २ खेलमा जित तथा ३ खेलमा हार ब्यहोरेको थियो ।

डीपीएलको हिजोको खेलमा धनगढी टिम चौराहाले काठमाडौं गोल्डेन्सलाई ६ विकेटले पराजित गरेको थियो भने रुपन्देही च्यालेन्जर्स विराटनगर किंग्ससँग २९ रनले पराजित भएको थियो ।