ललितपुरमा सुरु भयो सूचनाको हक सम्बन्धी राष्ट्रिय सम्मेलन

0
570

ललितपुर, ७ बैशाख । सूचनाको हक सम्बन्धी राष्ट्रिय सम्मेलन ललितपुरमा सुरु भएको छ । सम्मेलनमा देशैभरिबाट २ सय २५ जना प्रतिनिधि तथा विभिन्न मन्त्रालयका सूचना अधिकारी सहभागी रहेको राष्ट्रिय सूचना आयोगले जनाएको छ ।

चारवटा सत्रमा हुने सूचनाको हक सम्बन्धी विभिन्न पक्षबारेको छलफलपछि राष्ट्रिय घोषणापत्र जारी गर्दै सम्मेलन सकिनेछ । सम्मेलन नेपालमा पहिलोपटक आयोजना गरिएको हो ।