पेरिसमा अन्धाधुन्ध गोली प्रहार : एक प्रहरीको मृत्यु

0
476

एजेन्सी, ८ बैशाख । फ्रान्सको राजधानी पेरिसमा भएको अन्धाधुन्ध गोली प्रहारबाट एक प्रहरीको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । प्रहरीको जवाफी कारबाहीमा हमलाकारी पनि मारिएको प्रहरीले जनाएको छ ।

घटना पेरिसको शान्जे लिजे ठाउँमा भएको हो । घटनापछि यो ठाउँ प्रहरीले शिल गरेको थियो । यो पेरिसकै यस्तो ठाउँ हो, जहाँ ठूलो संख्यामा पर्यटकहरु आउँने गर्दछन् । फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ ओलाण्डले यो आतंकवादी हमला भएको बताउनु भएको छ ।

प्रहरीकाअनुसार हमलाकारी एक कारबाट उत्रिएर एकाएक स्वचालित हतियारले प्रहरीमाथि गोली चलाएका थिए । त्यसपछि हमलाकारी त्यहाँबाट भागे । तर सुरक्षा बलले हमलाकारीलाई पछ्याउँदै उसलाई पनि मारेका छन् । आइतबार हुन लागेको राष्ट्रपति चुनावभन्दा ठीक अगाडि भएको यो घटना फ्रान्सका लागि चिन्ताको विषय बनेको छ ।