बैशाख ८,प्युठान । यहि बैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनको मिती नजिकीदै गर्दा राजनीतिकदलहरुले उमेद्वारको घोषण गर्न नसके पनि नेपाली कांग्रेस प्युठानले भने अन्तीम नामावली तयार पारेको छ । जिल्लाको दुइ नगरपालिका र सात गाउपालिकाको उमेद्वार चयन गर्न जिल्ला कार्य समितीले गरेको प्रयास सार्थक भएकोछ ।
प्युठान नगरपालिकाको मेयरमा ३ जनाले इच्छा देखाएका छन् जस्मा बद्री लम्साल,श्रीधर गौतम र देबेन्द्र बर्मा मैदानमा देखिएका छन् । तीनै प्रत्यासी मध्ये लम्साल हाल जिल्ला कार्यसमितीको उपसभापति भएकाले उनलाई मेयर बनाउने सहमती बिगतमै भैसकेकाले उनि मेयर बन्ने निश्चित बनेको छ । बर्मा हाल पार्टि सचिव छन् भने गौतम पुर्व सचिव हुन । त्यसैगरि उपमेयरमा भगवति विष्टको मात्रै उमेद्वारी पर्नुले उनि नै उमेद्वार बन्ने निश्चित भएकोछ ।
स्वर्गद्धारी नगरपालिकाको मेयरमा क्षेत्र नम्बर १का क्षेत्रीय सभापति टेक प्रसाद भण्डारीको मात्रै उमेद्वारी परेकाले पार्टीको तर्फबाट उनी नै मेयर बन्ने भएका छन् भने उप मेयरमा बालि खड्कको मात्रै उमेद्वारी परेको छ ।
त्यसैगरि मल्लरानी गाउंपालीकाको अध्यक्षमा बिजय श्रेष्ठ र उपाध्यक्षमा वसन्ता भट्टको नाममा सहमती भएको छ भने माण्डवी गाउंपालीकाको अध्यक्षमा रेशम ठेडी र उपाध्यक्षमा केशरा पौडेल उमेद्वार बन्ने भएका छन् । गौमुखि गाउपालीकाको अध्यक्षमा बिष्णु गिरीको नाम तय भएको छ भने ऐरावत गाउपालीकाको अध्यक्षमा नविल बिक्रम शाह र उपाध्यक्षमा जलजला थापा उमेद्वार बन्ने पक्का भएको छ ।
सरुमा रानी गाउपालीकामा मोहन पन्थी अध्यक्षको उमेद्वार चयन भएका छन भने तुलसा बिष्ट उपाध्यक्ष बन्ने भएका छन् । त्यसैगरि झिमरुक गाउंपालीकाको अध्यक्षमा धर्म जिसी र प्रमोद पोखरेलले इच्छा देखाएका छन् भने उपाध्यक्षमा मेनुका योगीको मात्रै उमेद्वारी परेको छ । त्यस्तै नौबहिने गाउपालीकामा शिब रिजाल अध्यक्षको उमेद्वार बन्ने भएका छन् । रिजाल जिल्लाका पुर्व सचिव भएकाकारण उनको गाउमा राम्रो सम्बन्ध भएकोले बिजय हुने अनुमान पार्टीले गरेको छ । प्युठान नगरपालिका र मल्ल रानी गाउपालीकामा सहमती हुन बाँकी भए पनि छिट्टै सहमती हुने नेताहरुले बताएका छन् ।