खुशीको खबर :नेपालमा प्रक्षेपित आर्थिक वृद्धिदरको अन्र्तराष्टिय समुदायमा भयो प्रशंसा

0
573

काठमाडौ बैशाख ८ चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धि दर ६ दशमलव ५ प्रतिशत हुने प्रक्षेपणको नेपालमा मात्रै होइन अन्र्तराष्टिय क्षेत्रमा पनि प्रशंसा हुन थालेको छ । हालै बिश्व बैंक र अन्तराष्टिय मुद्रा कोषको बैठकमा पनि नेपालले उच्च दरको आर्थिक विद्धिदर हसिल गर्न लागेको भन्दै प्रशंसा भएको हो ।
बिहिवार संयुक्त राज्य अमेरीकाको बासिंगटन डिसीमा भएको बैठकमा कोषका कार्यकारी निर्देशक एन्डिन ह्यादियान्तोले नेपालको नामै लिएर आर्थिक बृद्धिदर उच्च भएको भन्दै नेपालका अर्थमन्त्री र बैठकमा सहभागी नेपाली टोलीलाइ बधाइ दिएका थिए ।
नेपालको आर्थिक बिकासलाइ अझ तिब्र पार्न सहयोग गर्न आइडिए १८ अन्र्तगतको सहयोग दोब्बर गरिने जानकारी दिनुभयो । बिश्व बैंकले अन्तराष्टिय बिकास संस्था ९आइडिए० कार्यक्रम अन्र्तगत बिकासउन्मुख देशहरुलाइ सहयोग गर्दै आएको छ ।
यसले सन् २०१८ मा नेपालकोे आर्थिक बृद्धिदर उच्च पार्न सहयोग पुग्ने बैठकमा सहभागी अर्थ मन्त्रालयको अन्तराष्टिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले वताउनुभयो ।