स्ट्याण्डर्ड चाटर्डको एफपीओ दुई साताभित्र,धितोपत्र बोर्डले दियो बाँडाफाँड गर्न निर्देशन

0
427
Standard Chartered Bank logo

काठमाडौ बैशाख ८।
स्ट्याण्डर्ड चाटर्डको एफपीओ दुई साताभित्र बाँडफाँड हुने भएको छ । नेपाल धितोपत्र बोर्डले स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ ५० दिनभित्र बाँडफाँट गरिसक्न निर्देशन दिएपछि दुईसाता भित्रै बाँडफाँड गरिने भएको हो ।
चार्टर्डले गत चैत १ देखि ४ गतेसम्म एफपीओ बिक्री गरेको थियो । बोर्डको निर्देशन अनुसार बैंकको अफपीओ अबको दुइसाताभित्र बाँडफाँड गरिसक्नुपर्नेछ ।
बैंकले फेस भ्यालू एक सय रुपैयाँमा ११ सय ९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार एक सय ४० कित्ता नयाँ सेयर निष्काशन गरेको थियो ।जसमादुई लाख २५ हजारभन्दा बढीले ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार ५४० रुपैयाँको आवेदन दिएका थिए ।
बैंकको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गरेको हो । क्यापिटले पनि बोर्डले दिएको निर्देशन बमोजिम एफपीओको बाँडफाँड गर्ने तयारी थालेको जनाएको छ ।

धितोपत्र बजारमा सार्वजनिक निष्काशन कार्यलाई सहजीकरण गर्ने तथा धितोपत्रको बाँडफाँड एवं सूचीकरण समयावधी घटाउने उदेश्य अनुरुप आस्वा प्रणाली कार्यान्वयन भएको अवस्थामा बाँडफाँट छोट्याउन धितोपत्र बोर्डको निर्देशन आएको हो । यस अघि पनि बोर्डले नेपाल लाइफ लगायतको सार्वजनिक बाँडफाँड छिटो गराउन केही कम्पनीहरुलाई निर्देशन दिएको थियो ।एफपीओको विक्रीपछि चार्टर्डको चुक्ता पुँजी चार अर्ब ५७ लाख १५ हजार ३३३ रुपैयाँ हुनेछ ।