साताभरिमा ५ अर्ब भन्दा बढीको सेयर कारोबार,१५ कम्पनिका सेयर सुचिकृत

0
431

काठमाडौ बैशाख ९ । यस साता नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३३८३१ कारोबारबाट पाँच अर्ब १८ करोड १७ लाख ३५ हजार रुपैयाँ बराबरका ७५ लाख १६ हजार सात सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३७.६९ प्रतिशत कम हो । गत साता १५३ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ५०६०२ कारोबारबाट आठ अर्ब ३१ करोड ६६ लाख ११ हजार रुपैयाँ बराबरका एक करोड ४० लाख ५१ हजार सात सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६.७३ अंकले बढेर अन्तिम दिन १६५८.३४ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.७१ अंकले बढेर ३५८.०३ अंकमा आईपुगेको छ ।यस साता कारोबार रकम (२१ करोड ७७ लाख ८० हजार रुपैयाँ) को आधारमा नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (पाँच लाख एक हजार कित्ता) र कारोबार संख्या (१४८९ वटा) को आधारमा पनि नेपाल क्रेडिट एन्ड कमर्स बैंक लि अग्रस्थानमा रहेको छ ।नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड, राष्ट्रिय बिमा कम्पनी लिमिटेड प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रभु बैंक लिमिटेड गुराँस लाइफ कारोबार रकमका आधारमा साताका उत्कृष्ठ ५ कम्पनीको सुचिमा पर्न सफल भएका छन् ।यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । यस साता नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. कैलाश विकास बैंक लि. मञ्जुश्री फाइनान्स लि. बुटवल पावर कम्पनी लि. नेपाल एसविआइ बैंक लि. अल्पाइन डेभलपमेन्ट बैंक लि. पूर्णिमा विकास बैंक लि.सप्तकोशी डेभलपमेन्ट बैंक लि.सानाकिसान विकास बैंक लि. मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लि.सेन्ट्रल फाइनान्स लि. गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लि.समीट माइक्रोफाइनान्स वित्तीय संस्था लि. लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी लि.सहारा विकास बैंक लि.गरी विभिन्न १५ कम्पनिको सेयर र सूचीकृत भएको छ ।