पाल्पामा एका विहानै जीप दुर्घटना, १ मृत्यु : २ को अवस्था गम्भिर

0
383

पाल्पा,  १० वैशाख । पाल्पाको पालुङ्गमैनादीमा भएको जीप दुर्घटनामा एकजनाको ज्यान गएको छ । दुर्घटना दुईजना गम्भीर घाइते भएका छन् ।

रिब्दीकोट गाउँपालिका–७ पालुङ्गमैनादीबाट सदरमुकाम तानसेनका लागि छुटेको लु १ ज १५८१ नम्बरको जीप आइतबार बिहान ८ बजे पालुङ्गमैनादीमा दुर्घटना भएको हो । दुर्घटनामा पालुङ्गमैनादी–७ का ३० वर्षका दानबहादुर गाहाको घटनास्थलमै ज्यान गएको छ ।

घाइते पालुङ्गमैनादी–७ कै ४६ वर्षका प्रेमबहादुर गाहा र उहाँका छोरा १० वर्षका भुवन गाहालाई उपचारका लागि तानसेन लगिएको ईलाका प्रहरी कार्यालय मुझुङ्गले जनाएको छ ।

चालक सूर्यबहादुर कुँवर भागेर ईलाका प्रहरी चौकी भालुखान पुगेको स्थानीय बासिन्दाले बताएका छन् । जीपमा चालकसहित चार जना मात्रै रहेको प्रहरीले बताएको छ ।