संशोधनमा पुराना बिषय समेटिए अस्विकार गर्ने एमालेको निर्णय ।

0
525

काठमाडौँ, १० वैशाख । नेकपा एमालेको संसदीय दलको आइतबार बसेको बैठकले संविधान संशोधनका विषयमा सरकार र मधेसी मोर्चाबीचको पछिल्लो समझदारी बमोजिम ल्याउन खोजिएको प्रस्तावमा पुरानै विषय समावेश भएमा आफूलाई मान्य नहुने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज बसेको संसदीय दलको बैठकले त्यसबारे सरकारको आधिकारिक निर्णय पछिमात्र पार्टीको धारणा तय गरिने निर्णय भएको सो पार्टीका प्रमुख सचेतक भानुभक्त ढकालले बताउनुभयो ।

सरकार र मोर्चाबीच नागरिकता, भाषा, स्थानीय निकायको सङ्ख्या थपजस्ता विषयमा सहमति गरी दुई चरणमा स्थानीय निर्वाचन गर्ने समझदारी भएको भन्ने विषयमा एमालेले त्यसबारे आफूहरुलाई कुनै जानकारी नभएको पनि स्पष्ट गरेको छ ।