काठमाडौं, ११ बैशाख । जेब्रा क्रसबाट बाटो काट्ने क्रममा मोटरसाईकलले ठक्कर दिदा काठमाडौंको अनामगरमा पूर्व गृह सचिव पद्मराज सुवेदीको मृत्यु भएको छ । आइतबार अनामनगरस्थित बाजेको सेकुवा अगाडिपट्टी रहेको जेब्रा क्रसबाट बाटो काट्ने क्रममा ७९ वर्षीय सुबेदीलाई मोटरसाइकलले ठक्कर दिएको सिंहदरबारका ट्राफिक प्रहरी निरीक्षक बाबुकाजी गिरीले जानकारी दिए ।
अनामनगरबाट हनुमानथान तर्फ आउँदै गरेको बा ७९ प ४३९२ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । ठक्करपछि घाइते भएका उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। प्रहरीले मोटरसाइकल चालक त्रिपुरेश्वर बस्ने बिवेक बस्नेतलाई नियन्त्रणमा लिएको छ।
सुवेदी अनामनगरस्थित आफ्नै घरमा बस्दै आएका थिए । पछिल्लो समय उनी सामाजिक कार्यमा सम्लग्न थिए । स्थानीयका अनुसार उनले नै अनामनगर क्षेत्रको नामाकरण गरेका थिए ।