डीआईजी कार्यसम्पादन मूल्यांकन सरकार नै हेरफेर गरेको ओलीको आरोप

0
1036

काठमाडौं, ११ वैशाख । प्रमुख प्रतिपक्षी दलल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड सरकारले आतंक मच्चाएको सांकेतिक टिप्पणी गरेका छन् । सोमबारको व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै ओलीले यो सरकारलाई एकताका चितवनमा आतंक मच्चाएको धुव्रे हात्तीजस्तो भनेका छन् । सोमबार विहान पक्राउ परेका डिआईजी नवराज सिलवालको प्रशंगमा ओलीले कानुन हातमा नलिन सरकारलाई चेतावनी समेत दिएका छन् । उननले नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई विना कारण पक्राउ गरिएको भन्दै सरकारको आलोचना गरेका हुन् ।

लोकतन्त्र भनेको अराजकतन्त्र नभएको औल्याउँदै ओलीले भने ‘हुन त यो सरकारलाई कताको लोकतन्त्र, कताको कानुन । चितवनतिर ध्रवे हात्तिको कुरा सुनेको थियो । ध्रुवे हात्ति जस्तै छ यो सरकार ।’ कानुन राज हुन्छ कि स्वच्छाचारी राज ? भन्ने प्रश्न गर्दै उनले अघि भने, ‘बहालहाला डीआईजीलाई विना आरोप गैरकानुनी गिरफ्तार गर्नुहुन्छ भने सर्वसाधारणलाई के गर्नु हुन्छ ? बाँच्न पाउनु प¥यो नि हजुर ।’

आईजीपी नियुक्तिमा सरकारले तमासा देखाएको भन्दै उनले डीआईजीहरूको कार्यसम्पादन मूल्यांकन पनि सरकार नै हेरफेर गरेको आरोप लगाएका छन् । नेपाली कांग्रेसतर्फ संकेत गर्दै उनले कुनै एक डीआईजीलाई आईजीपी बनाएर चुनाव जित्छु भन्ने सपना नदेख्न चेतावनी दिए ।