नम्रता र कोशिश मध्ये को चाहिँ होला भिलेन ? (भिडियो सहित)

0
940

काठमाडौं, ११ बैशाख । नेपाली फिल्म पर्वको ट्रलेर सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको पोस्टर तथा ट्रेलर एकैपटक सार्वजनिक गरेको हो । दिनेश राउतले निर्देशन गरेको फिल्म ‘पर्व’ गोपीकृष्ण टिभी फिल्मी र सुवास इन्टरटेन्टमेन्टको व्यानरमा निकिता पौडेल र सुवास गिरीले निर्माण गरेका हुन् । ‘पर्व’मा नम्रता श्रेष्ठ, कोशिस क्षेत्री, जेबिक्का कार्की, माला लिम्बु लगायतका कलाकारले अभिनय गरेका छन् । ट्रेलर अघि नै सार्वजनिक गरिएको पर्व फिल्ममा समावेश गीत काले दाईले निकै नै चर्चा पाएको छ ।

ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्देशक राउतले भने– ‘यो फिल्मको कथा सुन्दा मलाई निर्देशन गर्न सक्छु र भन्ने लागेको थियो । तर, अहिले फिल्म हेरिसकेपछि भने केही नयाँ काम गरेछु जस्तो लागेको छ ।’ निर्माता सुवास गिरीले फिल्म उत्कृष्ट बनेको र नेपाली चलचित्रका लागि फरक स्वाद हुने अनुभव सुनाए । नायिका नम्रता श्रेष्ठले फिल्ममा आफूहरुले मिहिनेत गरेको भन्दै राम्रो कथामा फिल्म बनेको दाबी गरिन । नायक, कोशिश क्षेत्रीले आफ्नो भूमिकाको बारेमा प्रष्ट पार्दै चलचित्रमा बिरामी प्रेमिकालाई माया गर्ने एक यूवक र लेखकको भूमिकामा रहेको सुनाए ।

फिल्ममा राजेश श्रेष्ठको छायांकन, कोशिश क्षेत्रीको कथा, सुरेन्द्र पौडेलको सम्पादन, किरण माइकलको पटकथा तथा संवाद, कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको एक्सन छ ।