‘हिमालयनफ्रेस अरबिका कफिशप’को मुख्य शाखा कोटेश्वरमा ।

0
771

बैशाख ११ काठमाण्डौ । राजधानीको कोटेश्वरमा ‘हिमालयन फ्रेस अरबिका कफिशप’ सञ्चालनमा आएको छ । विभिन्न पेशामा आबद्ध पाँच जनाको समुहले कोटेश्वरमा आधुनिक कफिशप सञ्चालनमा ल्याएकाहुन । कफिशपमा अर्गानिक कफिका साथमा विभिन्न प्रकारका ताजा बेकरीको स्वाद लिन पाइनेछ ।
बढ्दो कफि कल्चरलाई मध्यनजर गर्दै बैंक, पुर्वाधार निर्माण, सामाजिक कृयाकलाप तथा पर्यटन क्षेत्रमा सक्रिय पाँचजनाको लगानीमा ‘हिमालयन फ्रेस अरबिका कफिशप’सञ्चालनमा आएको हो । राजधानीकै उत्कृष्ट कफिशपकोरुपमा विकास गर्दै अन्य क्षेत्रमा समेत शाखाविस्तार गर्ने लक्ष्य सञ्चालकहरुले लिएकाछन् ।
अरबिका कफिशपमा कफिका पारखीहरुले विशुद्ध नेपाली अर्गानिक कफिपिउन तथा चाहे जस्तो बेकरी आइटम खानपाउने छन् ।
बैंकिंग पेशामा डेढ दशकलामो अनुभव बटुलेका उद्धवराज थपलिया, पर्यटन पेशामा सक्रिय ध्रुवराज न्यौपाने, निर्माण क्षेत्रमा सक्रिय सागर पाण्डे, सामिाजिक अभियन्ता मनोज अर्याल लगायतको समुहले आफैंले केही नयाँ काम गर्ने लक्ष्य लिएर कफि सप सुरु गरेका हुन ।
हिमालयन फ्रेस अरेबिका कफिशप कफिका पारखीहरुकालागिउत्कृट गन्तव्य बन्ने विश्वास लगानीकर्ताले लिएका छन् । नेपालीशुद्ध अर्गानिक कफिलाई अन्तर्राष्ट्रियस्तरको स्वाद चखाउने बन्दोबस्त कफिशपले मिलाएको छ । शान्त वाताबरणमा आधुनिक शैलीमा सजाइएको कफिशपमा पुग्ने जो कोहीले पनि कफिको मज्जालिँदै आनन्द महसुस गर्न सक्नु नै कफिशपको विशेषता हुने सञ्चालकले दावी गरेका छन् ।