छुटे डीआईजी नवराज सिलवाल

0
351

काठमाडौं, ११ वैशाख । नेपाल प्रहरीले डीआईजी नवराज सिलवाललाई बयान लिएर छाडेको छ । तर, सर्वोच्च अदालतमा भने उपस्थित गराइएन ।प्रहरीको छानविन टोलीले सिलवाललाई सोमबार विहान नियन्त्रणमा लिएको थियो । उनका कानुन व्यवसायीका रुपमा वरिष्ठ अधिवक्ता शम्भु थापा पनि सँगै गएका थिए ।

डीआईजी सिलवाललाई हेडक्वाटर लगेर उनीमाथि लागेको अभियोग जानकारी दिनुका साथै बयान लिइएको छ, जसको भिडियो रेकर्ड समेत गरिएको छ । सिलवालले कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको भन्दै गृह मन्त्रालयले डीआईजी विजयकुमार भट्टको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । त्यही समितिले बयान लिएको र सिलवाललाई छाडिएको प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।