प्रेमीकाले बेहुला बनाउछु भन्दै बहुला बनाएपछि : कभर गर्नेलाई ५१ हजार

0
679

काठमाडौं, ११ बैशाख । लगनको महिना सुरु भएसँगै धेरैका प्रेम टुट्ने गर्छन । बैशाख लागेसँगै गायक रमेशराज भट्टराई पनि प्रेमीकासँगको वियोगमा छन् । उनलाई उनकी प्रेमीकाले बेहुला बनाउँछु भन्दै बहुला बनाएर अर्कैसँग लगन गाँठो कसेकी छिन् । तर, यो भाव उनको नयाँ गीतमा व्यक्त भएको हो । आफ्नै शब्द तथा संगीतमा सार्वजनिक उनको ‘बेहुला बनाउँछु भन्थी बहुला बनाएर गइ’ बोलको गीतको निक्कै चर्चा छ ।

उनले यो गीतको लिरिकल भिडियो सार्वजनिक गर्दै अडियो तथा भिडियो कभरका लागी पुरस्कारको घोषणा गरेका छन । गायक भट्टराईले आफनो नयाँ गीतको अडियो तथा भिडियो उत्कृष्ट उत्कृष्ट कभर गीतलाई नगद ५१ हजार रुपैंया पुरस्कार प्रदान गर्ने बताए ।