आईपीएल क्रिकेटमा शीर्ष स्थानको मुम्बईलाई राइजिङ सुपरजाइन्टले हरायो

0
460

काठमाडौं, १२ बैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको गएराती भएको खेलमा राइजिङ सुपरजाइन्ट ३ रनले विजयी भएको छ । लिगको २८ औं खेलमा शीर्ष स्थानमा रहेको मुम्बई इण्डियन्सलाई राइजिङ सुपरजाइन्टले ३ रनले पराजित गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको राइजिङ पुनेले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ६० रन बनायो । जवाफी ब्याटिङ गरेको मुम्बई इण्डियन्स सबै ओभर खेल्दा ८ विकेट गुमाएर १ सय ५७ रनमा समेटियो ।

मुम्बइका रोहित शर्माले अर्धशतक पार गर्दै ५८ रनको योगदान गरे पनि जितका लागि प्रयाप्त बन्न सकेन । मुम्बइका पार्थिव पटेलले ३३ रन जोडेका थिए ।

यसअघि राइजिङ पुनेका राहुल त्रिपाठीले ४५ तथा अजिन्क्या रहानले ३८ रन जोड्नुभयो । यस्तै, मनोज तिवारीले २२, स्टेभेन स्मिथ र बेन स्टक्सले १७, १७ रनको योगदान गर्नु भएको थियो ।

लिग अन्तर्गत रोयल च्यालेन्जर्स ब्याङलोर र सन राइजर्स हैदरावादबीच खेल हुँदैछ ।