अन्तराष्ट्रिय लाङटाङ म्याराथुन सम्पन्न,उपाधिमा सेनाको बर्चश्य ।

0
619

बैशाख १३ बिपी पोखरेल काठमाण्डौ । बैशाख १२ २०७२ नेपाली इतिहासको दुखद अनि अविष्मरणीय दिन । बैशाख १२ ले धेरैको ज्यान लियो करोडौको नोक्सानी गर्नुका साथै कतिपय अहिले सम्म पनि बेपत्ता छन् । भुकम्पकै कारण ढलेका हजारौ सम्पदा र लाखौ मनहरु अहिले पनि बिक्षीप्त नै छन् । भुकम्पको घाउ निको पार्न बिभिन्न क्षेत्रबाट पहलहरु भैरहेका छन् । राज्यको पहल र निजी क्षेत्रको सक्रियतामा भएका उदाहरणीय गतिबिधिले भुकम्पका कारण थिल्थिलिएको पर्यटन क्षेत्रलाई राहत मिलेको छ । जस्को पछिल्लो उदाहरणको रुपमा टानले आयोजना गरेको अन्तराष्ट्रिय लाङटाङ म्याराथुन स्मरणीय बन्न पुग्यो । 
भुकम्पका कारण लाङटाङमा आएको हिम पहिरोमा परि बेपत्ता भएका आन्तरीक तथा बाह्य पर्यटकहरुको चिर शान्तीको कामना गर्ने उद्धेश्यका साथ ७३ बैशाख १२ गते बाट सुरु भएको अन्तराष्ट्रिय लाङटाङ म्याराथुनको दोस्रो संस्करण सम्पन्न भएकोछ । ७२ बैशाख १२ को स्मरण गर्दै टानले अन्तराष्ट्रिय लाङटाङ म्याराथुन भव्य रुपमा सम्पन्न गरेको हो । रसुवा जिल्लाको ३,९०० मिटर उचाईमा पर्ने लाङटाङ उपत्यका पर्यटकिय हिसावले स्वगनै सावित भएकोछ । हिमश्रृङलाहरुले घेरिरहेको उपत्यकाको आकर्षणमा यहां पुग्ने जोकोही पनि आनन्दीत महसुष गर्ने गर्छन् । रसुवाको क्याङजेन भ्याली हिजोआज नेपाली तथा विदेशी पदयात्रा पारखीहरुको लागि उत्कृष्ट गन्तब्य भएको छ । पहिले विदेशी पर्यटकहरु पदयात्राको लागि घुइ“चो लाग्ने क्षेत्रमा अहिले नेपालीहरुको पनि उपस्थिति हुन थालेको छ । बौद्ध दर्शन र तामाङ् संस्कृति अध्ययन गर्न रसुवाको क्याङजेन भ्याली महत्वपूर्ण मानिन्छ । आठौं शताब्दीमा बौद्ध तान्त्रिक गुरु पद्मसंभवले अनुयायीका लागि ध्यान र तपश्या गर्न हिमाल नजिकै ७ ठाउ तोकेका थिए । ति मध्ये लाङटाङ हिमालको फेदी क्याङजेन भ्याली पनि एक हो । क्याङजेन वरपर लाङटाङ दोर्जेलाक्पा, याला पिक, जुगल र गाङछेम्पो हिमाल रहेका छन् । त्यतिमात्रै होइन लाङटाङ पदमार्ग अन्नपूर्ण पदमार्ग पछिको लोकप्रिय पदमार्गको रुपमा स्थासिपत भएको छ ।प्रकृतिक रुपमा सम्पन हजारौ विदेशी तथा स्वेदशी पर्यटकको मुख्य अकार्षणको केन्द्र लाङटाङमा ट्रेकिङ एजेन्सिस एसोसिएसन अफ नेपाल टानले म्याराथुनको आयोजना गरेको हो । ‘भूकम्पबाट पूर्णक्षति पुगेको लाङटाङ गाउ“मा पर्यटन प्रबद्र्धन गर्न सहयोग गरौं’ भन्ने नाराका साथ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले २०७३ साल देखि प्रतियोगिता आयोजना सुरु गरेको हो । प्रतियोगिता लाङटाङको क्यान्जिङबाट सुरु भइ बृद्धम लिङलिङ हु“दै स्याफ्रुबेसी पुगी सम्पन्न भएको थियोे ।
प्रतियोगितामा १० विदेशी, १४ महिलासहित १०२ जना सहभागी थिए । रसुवामा भएको प्रतियोगितामा निर्धारित दुरी ३ घन्टा ३४ मिनेटमा पूरा गर्दै सेनाका होमलाल श्रेष्ठले उपाधि जिते ।
तीन मिनेट ढिला रेस सकाएका सेनाकै राजन खत्री दोस्रो भए ।
तथा थप एक मिनेट ढिला रेस सकाएका सेनाकै बेदबहादुर सुनार तेस्रो भएका थिए । यसैगरी, महिलातर्फ सरिता बासीले निर्धारित्त् दुरी पुरा गर्न ५ घन्टा १३ मिनेट २७ सेकन्ड लगाइन् ।
दोस्रो भएकी सेनाकी रेस्यू बस्नेतले ५ घन्टा १४ मिनेट ४५ सेकेन्डमा दुरी पूरा गरिन् भने पुष्पा भण्डारीले ५ घन्टा २६ मिनेट ४७ सेकेन्डमा दुरी पार गरी तेस्रो स्थान ओगट्न सफल भईन । प्रतियोगीतामा प्रथमहुने होमलाल श्रेष्ठले एक लाख, दितिय हुने राजन खत्री ले ७५ हजार र तृतिय हुने बेदबहादुर सुनारले ५० हजार रुपैयां सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस प्रतियोगितामा उपाधी जितेका मध्ये ५ जना नेपाली सेनामा कार्यरत हुन भने १ जना खेलाडी हुन् । दोस्रो अन्तराष्ट्रिय लाङटाङ म्याराथुनको उद्धघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले गर्नु भएको थियो । उद्धघाटन समारोहलाई सम्बोधन गर्दै बिष्टले कार्यक्रम भब्यरुपमा सम्पन्न भएकोमा धन्यबाद दिर्दै अबका दिनहरुमा टानसंग सहकार्य गरेर यस्ता कार्यक्रमहरुमा खेलकुद परिषद पनि सहभागि हुने बताउनु भयो । बिष्टले रातो कितावमै यस्ता प्रतियोगिताको लागि बजेट छुट्याउन पहल गर्ने धारणा राख्नु भयो ।
टानका अध्यक्ष तथा कार्यक्रमका सभापति चन्द्र प्रसाद रिजालले म्याराथुनमा देखिएको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सहभागीताले लाङटाङ क्षेत्र सुरक्षीत भएको सन्देश बिश्वभर फैलिएको धारण राख्नु भएको थियो ।
टानका महासचिव कर्ण बहादुर लामाले म्याराथुन सम्पन्न गराउन सहयोग गरेकोमा सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
७२ सालको भूकम्पले क्षति पुर्याएको लाङटाङ क्षेत्रमा पदमार्ग सुरक्षित छ भन्ने सन्देश विश्वभर फैलाउनुका साथै खेलकुद पर्यटनस्थलको विकास गर्न म्याराथुन आयोजना गरिएको टानले जनाएको छ । पहिलो संस्करणमा हाफ म्याराथुन आयोजना गरेको टानले यस संस्करणलाई अन्तर्राष्ट्रिय स्तरको म्याराथुन बनाउन सफल भएको छ । गत वर्ष गोसाइकुण्ड देखि रसुवा सदरमुकाम सम्म प्रथम टान गोसाइकुण्ड लाङटाङ म्याराथुन आयोजना गरिएकोमा यसबर्ष लाङटाङ राष्ट्रिय निकुञ्चको क्यानजिङ गुम्बाबाट सुरु भई थाङस्याप घोडा तबेला हु“दै स्याफ्रुवेसीसम्म झण्डै ४२ किलोमिटर दुरी तय गरीएको थियो । टानको पहलमा भएको अन्तराष्ट्रिय लाङटाङ म्याराथुनले खेलाडी र आयोजकको उद्धेश्य मात्रै पुरा भएको छैन सिंगो देशको पर्यटन प्रबर्दनमा योगदान गरेको छ । म्यारथुनको महत्वपुर्ण उपलब्धि भनेकै भुकम्प पछि असुरक्षित रहेको सन्देशलाई चिर्दै लाङटाङ सुरक्षीत रहेको पुष्टी गर्न सफल भएकोछ ।