गाडी पुग्यो कालीकोटको रास्कोटमा

0
434

कालीकोट, १४ वैशाख । कालीकोटको रास्कोटमा पहिलो पटक गाडी पुगेको छ । ग्रामीण पहुँच कार्यक्रम र्(याप थ्री) ले जिम्मा लिएको सान्निघाटबाट सिपखानासम्मको सडकको काम सम्पन्न भएपछि बुधबारदेखि यहाँ यातायातका साधनहरू सञ्चालनमा आएका छन् ।

जिल्लाको दुई स्थान रास्कोट नगरपालिकाको स्युना, सिपखाना र फुकोटमा १७ किलोमिटर र पचालझरना गाउँपालिकाको जारकोटदेखि राम्नाकोटसम्म पाँच किलोमिटरमा काम भइरहेको अवस्थामा रास्कोटमा बुधबार गाडी पुगेको हो । ग्रामीण पहुँच कार्यक्रमका धर्म भण्डारीका अनुसार गाडी परीक्षणका लागि ल्याइए पनि औपचारिक उद्घाटन भने हुन बाँकी छ ।

यसअघि, नेपाली सेनाले कर्णाली करिडोरको लालिघाटदेखि शान्तिघाटसम्मको १६ किलोमिटर सडक सम्पन्न भएपछि साना जिप सञ्चालनमा आएका थिए । गाउँमा गाडी पुगेपछि रास्कोटका स्थानीय बासिन्दा खुशी भएका छन् ।