सरकारको सकस : एमाले मनाउँदा मोर्चा भाडियो, आन्तरिक छलफलमा मोर्चाका नेता

0
257

काठमाडौं, १४ बैशाख । स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता लिने सरकारको निर्णयबारे असन्तुष्ट मधेस केन्द्रित दलले आज आन्तरिक छलफल गर्दैछन् । सरकारले आफूहरुसँग गरेको स्थानीय तहको संख्या बढाउने सहमति उल्लंघन गर्दै निर्णय फिर्ता लिने भएपछि मधेस केन्द्रित दलका शीर्ष नेताले आज यसबारेमा छलफल गर्ने भएका हुन् ।

सरकारले धोका दिएको ठहर गर्दै मधेस केद्रित दल असन्तुष्ट छन् । राष्ट्रिय जनता पार्टीका नेता केशव झाले स्थानीय तह बढाउँदा समय लाग्ने भएकाले २ चरणमा चुनाव गर्ने सहमति भएकोमा स्थानीय तहको संख्या नबढाउने निर्णय भएपछि दोश्रो चरणमा चुनाव गर्नुको औचित्य नै नरहने बताउनुभयो ।