अमेरिकाले उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाउने

0
415

एजेन्सी, १४ बैशाख । परमाणु तथा मिसाइल कार्यक्रममा रोक लगाउनका लागि दबाब दिन अमेरिकाले उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाउने भएको छ । उत्तर कोरियालाई रोक्नका लागि अमेरिकाले कुटनीतिक कदम पनि उठाएको छ ।
कोरियाको मुद्दामाथि सिनेटरले ह्वाइट हाउसलाई जानकारी दिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति घोषणा गरिएको हो ।  यसअघि प्रशान्त क्षेत्रमा अमेरिकाका शीर्ष सैन्य कमाण्डरले दक्षिण कोरियामा उन्नत मिसाइल ‘रोधी प्रणाली’ स्थापित गर्नेबारेमा बचाउ गरेका थिए ।

दक्षिण कोरियामा स्थापित उन्नत मिसाइल रक्षा प्रणाली उत्तर कोरियाको नेता किम जोन उनलाई सचेत गराउनका लागि भएको प्रशान्त क्षेत्रमा अमेरिकाका शीर्ष सैन्य कमाण्डरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अमेरिका उत्तर कोरियाको मिसाइल खतरा निर्मुल पार्नका लागि सर्वश्रेष्ठ प्रविधिका साथ तयार रहेको प्रशान्त कमाण्डरका प्रमुख एडमिर ह्यारी ह्यारिसले बताउनु भएको छ ।  अमेरिकाले विमानवाहक युद्धपोतको साथ जंगी जहाजको फ्लेट तथा परमाणु पनडुब्बी कोरियाली प्रायद्विपमा तैनाथ गरेको छ ।

यता, दक्षिण कोरियामा अमेरिकाले स्थापित गरेको उन्नत मिसाइल रोधी प्रणालीले सुरक्षा असन्तुलन पैदा गर्ने चीनको तर्क छ । कोरियाली प्रायद्विपमा अमेरिकी सेना तैनाथ भइरहँदा उत्तर कोरियाले मिसाइल तथा परमाणु परीक्षण गर्ने आशंकाकाबीच तनाव बढेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प तथा चिनिया राष्ट्रपति शी जिनपिङबीचको सम्बन्ध उत्साहजनक रहेको अमेरिकी सेनाले विश्वास लिएको छ । अमेरिकाको प्रशान्त कमाण्डरका प्रमुख ह्यारिसले नयाँ मिसाइल रोधी प्रणाली चीनका लागि कुनै खतरा नरहेको दाबी गर्नु भएको छ ।

यसबीच चीनले हिजो मात्रै आफूले बढाउँदै लगेको सैन्य शक्तिको प्रदर्शन गरेको छ । चीनले आफ्नो दोस्रो विमानबाहक युद्धपोत हिजोमात्रै समुन्द्रमा उतारेर प्रदर्शन गरेको थियो । चीनको यो नयाँ सैन्य जहाज सन् २०२० सम्म प्रवावकारी रुपमा चल्ने जनाइएको छ ।