चितुवाको छालासहित ६० वर्षे बृद्ध पक्राउ

0
429

काठमाडौं, १४ बैशाख । क्षेत्रिय अनुसन्धान समूह (आरआईटी) सुदूरपश्चिमले अमरगढी नगरपालिका पोखरा बजारबाट चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ । अमरगढी नगरपालिका ६, भाटगाउँका ६० वर्षीय करविर दत्त भट्टराईलाई ७ फिट लम्बाई र २ फिट चौडाई भएको चितुवाको छाला सहित पक्राउ गरेको सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) रोमेन्द्र सिंह देउजाले बताए ।

पक्राउ परेका भट्टराईले २ वर्ष अघि गोली लागेर मरेको अवस्थामा चितुवाफेला पारेपछि घरमा ल्याई त्यसको छाला निकालेर राखेको प्रहरीलाई बयान दिएका छन् । पक्राउ परेका व्यक्ति र चितुवाको छालालाई अनुसन्धानका लागि जिल्ला वन कार्यालय डडेल्धुराको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।