काठमाडौ चैत्र १४
शेयर बजारमा तिब्र उतारचढाव आउने तथा अनाश्वयक हल्ला फैलाएर विचौलियाले फाइदा दिने क्रम बढेपछि शेयर बजारको नियमक निकाय धितोपत्र बोर्डले कडा कदम चालेको छ । बोर्डले एक विज्ञप्ति जारी गर्दै बजारलार्इ प्रभावित पार्ने सूचना सार्वजनिक गरे शेयर कारोबारनै रोक्ने चेतावनी दिएको छ।
बोर्डले बजारलार्इ प्रभावित गर्ने सूचना बोर्डलार्इ पूर्व जानकारी नगराई सार्वजनिक गर्न रोक लगाएको हो।पछिल्लो समयमा धितोपत्र बजारमा सूचीकृत कम्पनीका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतको अन्तर्वार्ता र भनार्इ भन्दै प्रकाशित समाचारले ध्यान आकृष्ट भएको पनि बोर्डले जनाएको छ ।
शेयर बजारको मूल्यमा असर पर्ने सूचना संचालक, बोर्ड र साधारणसभाको निर्णय अघिनै प्रकाशित हुँदा लगानीकर्ता नोक्सानी हुने बोर्डको बुझाइ छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ बमोजिम आधिकारिक रुपमा बोर्डमा जानकारी गराई कम्पनीका आधिकारिक व्यक्तिबाट मात्र जानकारी गराउन निर्देशन गरिएको छ,बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।