एजेन्सी, १४ बैशाख । भारतीय अभिनेता विनोद खन्नाको ७० बर्षको उमेरमा निधन भएको छ । केहि समयदेखि सिकिस्त विरामी पर्नुभएका खन्नाको आज मध्यान्ह निधन भएको हो । उहा एडभन्स्ड ल्बैडर कार्सिनोमा नाम रोगबाट पिडित हुनुहुन्थ्यो ।
सन् १९६८मा चलचित्र मन का मितबाट वलिउडमा करियर सुरु गर्नुभएका खन्नाले १ सय ४० वटा भन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको थियो । उहाले अभिनय गरेको एक थी रानी ऐसी भी नामक चलचित्र यसै महिना रिलिज भएको छ ।
उहाले ‘मेरे अपने’, ‘दयावान’, ‘कुर्बानी’, ‘मेरा गांव मेरा देश’, ‘मुकद्दर का सिकंदर’, ‘लेकिन’, ‘हेराफेरी’, ‘अमर अकबर एंथनी’, ‘जुर्म’, ‘चांदनी’, र ‘क्षत्रिय’ लगायतका चलचित्रमा उत्कृष्ट अभिनय गर्नुभएको छ । सन् १९४६ पेशावरमा जन्मिनुभएका खन्ना भारतीय लोकसभामा चारपटक सांसद पनि हुनुभएको थियो ।