प्रधानमन्त्रीको आह्वानमा आज सर्बदलीय बैठक बस्दै

0
641

काठमाडौं, १५ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन, संविधान संशोधन लगायत विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाउनु भएको छ । दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा संविधान संसोधन, स्थानिय तहको संख्या बढाउने प्रस्ताव र स्थानिय तहको चुनावका विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई बैठकमा आमन्त्रण गरिएको जानकारी दिनुभयो । संविधान संसोधनमा विपक्षी एमाले र मधेसी मोर्चाबीच कुरा मिल्न नसकेपछि राजनीतिक दलको विश्वास लिन र भय रहित वातावरणमा निर्वाचन गराउने दायित्व सबै दलको हो भन्ने आत्मबोध गराउन नै प्रधानमन्त्रीले छलफल आयोजना गर्नुभएको हो ।

संविधान संशोधन प्रस्ताव द्रुतमार्गबाट अगाडि बढाएर मुलुकभर नै स्थानीय तहको निर्वाचन गर्ने लक्ष्यलाई प्रधानमन्त्रीले प्रमूख प्राथमिकतामा राख्नु भए अनुसार नै छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ । बैठकमा सत्तारुढ दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाललगायत संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरिएको छ ।