चुनावको मिति सार्न सरकारलाई एमालेका तीन सर्त

0
486

काठमाडौं, १७ बैशाख । प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले तीन सर्त पूरा गरे वजेटअघि गर्ने गरी स्थानीय तहको चुनावको मिति सार्न सकिने निश्कर्ष निकालेको छ। स्थायी कमिटीको शनिबारको बैठकले यस्तो निश्कर्ष निकालेको हो। बैठकपछि एमालेका एक नेताले भने ’सहमतिको वातावरण बन्५ भने वैशाख ३१ को मिति एक दुई साता पर सार्न सकिन्छ तर त्यसका लागि हामीले तीन सर्त राखेका छौं।’ उनका अनुसार एमालेले चुनावको मिति केही दिन सार्न सरकारले संविधान संशोधन विधेयक फिर्ता लिनुपर्ने, बजेटअघि तर एकै चरणमा चुनाव गराउनुपर्ने र मधेसी मोर्चा पनि चुनावमा आउने ग्यारेन्टी हुनुपर्ने सर्त अघि सारेको छ।

फागुनमा वैशाख ३१ गते एकै चरणमा मुलुकभर स्थानीय चुनाव गर्ने घोषणा गरेको सरकारले आन्दोलनरत मधेसी मोर्चालाई पनि सहभागी गराउन भन्दै एक साताअघि दुई चरणमा गर्ने निर्णय गरेको छ। सरकारले दोस्रो चरणको चुनाव जेठ ३१ गते गर्ने निर्णय गरेपछि एमालेले दुई चरणको विरोध गर्दै आएको छ। जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता छ। बजेटपछि चुनाव गर्दा मतदाता प्रभावित हुने र पहिलो तथा दोस्रो चरणको अन्तर पनि लामो भएकाले एकै चरणमा बजेटअघि चुनाव गराउनुपर्ने माग राखेको छ ।