मणिपाल शिक्षण अस्पताल र चिकित्सकलाई कारबाही गर्न सिफारिस

0
397

काठमाडौं, १७ बैशाख । स्वास्थ्य मन्त्रालयको छानबिन समितिले पोखरास्थित मणिपाल शिक्षण अस्पताल र त्यहाँ आकस्मि सेवामा कार्यरत चिकित्सकको दर्ता खारेजीसम्मको कारबाही गर्न सुझाएको छ । समितिले स्थलगत छानबिनका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पताललेदुर्घटनामा घाइते भएका १५ जनाको उपचार नगरेको घटनामा प्रशासन र चिकित्सक दुवै पक्ष दोषी देखिएको भन्दै स्वास्थ्य मन्त्री गगन थापालाई कानुनी राय लिई कारबाही गर्नुपर्ने सुझावसहितको प्रतिवेदन बुझाएको हो ।

मुस्ताङको कागबेनीमा गत वैशाख ९ मा तीर्थयात्री चढेको गाडी दुर्घटनामा परी घाइते भएका व्यक्तिको मणिपाल अस्पतालले उपचार नगरेकोबारे छानबिन गर्न मन्त्रालयले छानबिन समिति बनाएको थियो। छानबिनका क्रममा संविधानको धारा ३५ (१) अनुसार कुनै पनि नागरिकलाई आकस्मिक उपचारबाट वञ्चित गर्न नपाइने संवैधानिक व्यवस्था विपरीत अस्पताल प्रशासन र चिकित्सकले आफ्नो पदीय दायित्व र कर्तब्य बिर्सिएको भेटिएको जानकारी स्वास्थ्य मन्त्रीका कानुनी सल्लाहकार राजु कटुवालले दिए ।