देशका अधिकांश ठाउँमा आज पनि पानी पर्ने, पोखरामा ११ मिलिमिटर वर्षा

0
408

काठमाडौं, १७ बैशाख । जल तथ मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका अधिकांश ठाउँमा पानी पर्ने सम्भावना रहेको बताएको छ । मूख्यगरी देशका पश्चिमको तराई र पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसम विद् सुवास रिमालले बताउनु भयो । उहाँले मध्य र पूर्वी तराईका पहाडी क्षेत्रमा अपरान्हपछि बदली भई पानी पिर्ने सम्भावना रहेको समेत जानकारी दिनु भयो । काठमाडौं उपत्यकामा पनि अपरान्ततिर वदली भई छिटपुट पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापिय प्रणालीका कारण पानी परेको मौसमविद् रिमाललले बताउनुभयो । हिजो पोखरामा सबैभन्दा बढी पानी परेको थियो । पोखरामा १० दशमलव ५ मिलिमिटर, काठमाडौंमा ८ दशमलव ५, ताप्लेजुङमा ९ दशमलव ५, ओखलढुंगामा ६ दशमलव ९ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।