भारतीय गाडीले ठक्कर दिदा साईकल यात्रीको मृत्यु

0
478

सप्तरी, १७ बैशाख । सप्तरीको सुरुङ्गा नगरपालिका–७ मा भारतीय सुमोगाडीको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बरको सुमोले ठक्कर दिँदा सप्तरीको मल्हनवा–४ निवासी ४२ वर्षीय साइकलयात्री बद्री साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सप्तरीको कञ्चनरुप नगरपालिका–९ मा पिकअप भ्यान दुर्घटना हुँदा सातजना यात्रु घाइते भएका छन् ।