टर्कीमा चार हजार सरकारी कर्मचारी बर्खास्त

0
515

एजेन्सी, १७ बैशाख । टर्की सरकारले झण्डै चार हजार सरकारी अधिकारीलाई बर्खास्त गरेको छ । गएको वर्षको जुलाईमा भएको असफल सैन्य ‘कु’को प्रयासपछि पछिल्लो पटक झण्डै चार हजार सरकारी कर्मचारीलाई टर्कीले बर्खास्त गरेको बिबिसीले जनाएको छ । ती सबैलाई गएको जुलाईमा भएको असफल सैन्य कुको प्रयासमा साथ दिएको आरोप छ ।

बर्खास्तमा पर्नेमा न्याय मन्त्रालय अन्तर्गत कार्यरत एक हजार तथा एक हजार सैनिक अधिकारी रहेका छन् । यस्तै लडाकु विमानका एक सय भन्दा धेरै पाइलट पनि बर्खास्त भएका छन् । टर्की सरकारले टिभी डेटिङ शोमाथि पनि प्रतिबन्ध लगाएको छ । यस्तै, टर्कीमा अनलाईन इन्साइक्लोपेडिया, विकिपेडीयामाथि पनि प्रतिबन्ध लागेको छ ।